काठमाण्डौ  । आँखुखोला जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको सेयर धितोपत्र दोस्रो बजारमा यही असोज ५ गतेदेखि कारोबारमा आउने भएको छ। 

असोज ४ गते ३ वर्षको लकइन अवधि समाप्त हुने भएपछि स्थानीयको सेयर पनि धितोपत्र दोस्रो बजारमा कारोबार खुल्ने भएको हो। 

कम्पनीले २०७५ असोज ४ गते आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयलाई ६ लाख २३ हजार ९८० कित्ता सेयर बाँडफाँड गरेको थियो । उक्त मितिले ३ वर्ष पुगेपछि लकइन अवधि समाप्त हुन्छ। 

यसैगरी सोही कम्पनीको संस्थापक समूहको ६० लाख कित्ता सेयरको कारोबार पनि असोज १२ गतेबाट खुला हुने भएको छ। कम्पनीले सर्वसाधारणलाई २०७५ असोज ११ गते आईपीओ बाँडफाँट गरेको थियो । सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मिति आउँदा असोज ११ गते ३ वर्ष पूरा हुने भएकोले असोज १२ गतेदेखि संस्थापक समूहको सेयर पनि कारोबारमा आउने भएको हो।