काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमीटेडले ८० प्रतिशत हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ ।

यो कम्पनीले पूँजीवृद्धिको उद्देश्यले १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख २० हजार कित्ता हकप्रद निश्कासनका लागि स्वीकृति मागेको हो ।

इन्स्योरेन्सको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमीटेडले गर्नेछ ।

हाल यो कम्पनीको चुक्तापूँजी ५४ करोड रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद बिक्रीपछि चुक्तापूँजी बढेर ९७ करोड माथि पुुग्नेछ । 

यो कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ४ करोड ८२ लाख खूद नाफा आर्जन गरेको थियो ।