काठमाण्डौ । थाइल्याण्डको बैंककमा बुधबार आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको इन्टरनेसनल ब्रान्ड कन्सल्टिङ कर्पोरेस (आईबीसी) ले एसियन्स मस्ट ट्रस्टेड कम्पनी अवार्ड–२०१९ बाट सम्मानित गरेको छ ।

कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्मान ग्रहण गरेका थिए । सोही अवसरमा कम्पनीका अध्यक्ष ढकालले आईबीसीलाई धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आआफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्याउने सम्पूर्ण ग्राहक, शेयरधनी, कर्मचारी, नियामक निकाय, सम्पूर्ण सञ्चार जगतलगायत सबैमा कृतज्ञतासहित धन्यवाद ज्ञापन गरे। 

‘यस सम्मानबाट हामीलाई थप हौसला प्राप्त भएको छ र आगामी दिनमा सवै क्षेत्रबाट सदाझैँ सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडि बढ्नेछ’, उनले प्रतिवद्धता व्यक्त गरे।

एशियाका विभिन्न देशहरुबाट १०० वटाभन्दा बढी संस्थाको प्रमुख तथा प्रतिनिधि सहभागी रहेको कार्यक्रममा मन्तव्य व्यक्त गर्दै अध्यक्ष ढकालले नेपाल सरकारले २०२० लाई बर्षभरि नै नेपालले नेपाल भ्रमण वर्ष २०२० भव्य रुपमा मनाउने घोषणा गरिसकेको हुनाले २०२० मा नेपालको भ्रमण गर्न अनुरोध गर्दै पर्यटकको स्वागत गर्न सम्पूर्ण नेपाली आतुर रहेको जानकारी गराए ।