काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णय भएबमोजिम प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा युगेशभक्त बादे श्रेष्ठ मिति साउन २३ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन्। 

श्रेष्ठ २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन्। बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर लागिपरेका श्रेष्ठको नेतृत्वमा करिब ७ वर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगति हासिल गर्न सफल भएको छ। 

सोही अवसरमा कम्पनीको सञचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएकोमा बधाइ तथा सफल कार्यकालको शुभकामना दिए। 

सीईओको सपथ लिँदै श्रेष्ठले आफ्नो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ठ कम्पनीका रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले आफूलाई सदैव सहयोग गर्ने नियमन निकायहरु, बीमा समिति, कम्पनीको सञ्चालक समितिका अध्यक्षलगायत सञ्चालक, सेयरधनी, ग्राहक र कम्पनीमा कार्यरत समस्त सहकर्मीलाई धन्यवाद दिए।