काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनीको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार ४२० रुपैयाँको कुल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ६.५ प्रतिशतले हुन आउने ११ करोड ६ लाख ७ हजार ३४२.३० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३४ प्रतिशतले हुन आउने ५८ लाख २१ हजार ४३९.०७ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी २५ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
24 minutes ago
35 minutes ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
1 day ago