काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र हस्पिटल फर एड्भान्स्ड मेडिसिन एन्ड सर्जरी (ह्याम्स) बीच नगदरहित हस्पिटलाइजेसस सुविधा प्रदान गर्ने विषयमा सम्झौता भएको छ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ह्याम्सका कार्यकारी निर्देशक डा. जोतिन्द्र शर्माले हस्ताक्षर गरेका छन्। यस सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमा लेखको सीमासम्म हयाम्स हस्पिटलबाट नगदरहित हस्पिटलाइजेसस सुविधा प्राप्त गर्न सकिने छ । 

सम्झौता कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले ह्याम्स हस्पिटलले आफ्ना ग्राहकलाई आइएमई जनरल इन्स्योरेन्ससँग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सीमासम्म नगद रहित हस्पिटलाईजेसस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखिएको बताए। उनले अस्पताल र अस्पतालसँग आबद्ध सदस्यहरुलाई औपाधोपचारलगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आईएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिनसमेत आग्रह गरे।