काठमाण्डौ । आइएमई पे र बिग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक अब नेपालमा पनि सञ्चालनमा आएको छ। 

मंसिर १३ गतेबाट सुरु भएको यस साइबर विक नामक अफरमा ग्राहकले बिग डिजिटल स्टोरमा ५०% सम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सबै सामान खरिद गर्न सक्नेछन्। 

यसका साथै आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकले थप १०% वा रु. १ हजारसम्म छुट पनि प्राप्त गर्न सक्नेछन्। ग्राहकले सो अफर बिग। डिजिटलको स्टोरहरुमा मात्र पाउन सक्नेछन्। 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। आइएमई पे आइएमई।ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एउटा उत्पादन हो। 

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट  विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। 

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तानी गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। 

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा उपलब्ध छन्। 

आइएमई डिजिटल सोलुसनले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।