काठमाण्डौ । बीबीसी स्टुडियोको फम्र्याटमा आधारित बिश्वचर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को नेपाली संस्करणका रुपमा ‘डान्सिङ वीथ द स्टार नेपाल’ को पहिलो सिजन यही वैशाख पहिलो सातादेखि प्रसारण हुने भएको छ।

बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायतकाबिश्वका ६० भन्दा धेरै देशमा प्रसारण भइरहेको बिश्वकै नम्बर १ डान्सिङ रियालिटी शोको फ्रेन्चाइजलिइ हिमालय टेलिभिजनले उत्पादन तथा प्रसारण गर्न लागेको हो। हरेक शुक्रबार र शनिबार राति सुपर प्राइम टाइम ८ बजेदेखि प्रसारण हुने पहिलो सिजन २६ इपिसोडको हुनेछ।

बिश्वभर चलेको फम्र्याट अनुसार आइएमई डान्सिङ विथ द स्टारमा १२ जना विभिन्न क्षेत्रका स्टार प्रतियोगी हुनेछन्। उनीहरुलाई पेयरिङ गर्दै १२ जना प्रोफेसनल कोरियोग्राफरले स्टारसँगै पर्फमेन्स दिनेछन्। 

कार्यक्रममा २ जना होस्ट र ३ जना निर्णायक हुनेछन्।

दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनकाआधारमा हरेक हप्ता १ जनाकार्यक्रमबाट इलिमिनेट हुँदै जाने छन्। बिजेताले कुल २५ लाख करसहित नगद र अन्य पुरस्कार प्राप्त गर्नेछन्। 

यस कार्यक्रमको प्रमुख प्रायोजकको रुपमा आइएमई र भोटिङ पार्टनरका रुपमा आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घन गरिएको ‘आइएमई पे’ आबद्घ भएका छन्। 

यसै सम्बन्धमा विशेष कार्यक्रममा हिमालय टेलिभिजन र आइएमइबीच साझेदारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। यस सम्झौतापश्चात यस कार्यक्रमको नाम आइएमई प्रेजेन्टस् “डान्सिङवीथ द स्टार नेपाल” रहने छ।
सम्झौताअनुसार डान्सिङ वीथ द स्टारको भोटिङ राउन्डमा एपमार्फत गरिने सबै भोटिङ ‘आइएमई पे’ एपमार्फत हुनेछ। 

बेलायतबाट शुरु भएको डन्सिङ विथ द स्टार्स हाल करीब ६० देशमा बिस्तार भइसकेको छ। अमेरिकामा २८ औँ सिजन चलिसकेको छ। 

ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स बहुचर्चित फ्यामिली रियालिटी शोका रुपमा परिचित छ। नेपालमा पनि यो शोले थप उचाइ हासिल गर्ने आइएमईसँगै साझेदारी संस्थाहरुको विश्वास छ।