काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि.द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सनराइज बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौडेलर आइएमई मोटर्सको तर्फबाट कार्यकारी निर्देशक सन्दिप अग्रवालले हस्ताक्षर गरेका छन् । 

यस सम्झौताअनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सनराइज बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदान सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यसै अनुरुप बैंकको नीतिअनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रिवितरण गरिएका दोस्त मोडलका सम्पूर्ण सवारी साधनखरिद गर्नका लागि बिनाधितो कम्तीमा खरिद मूल्यको ६० (साठी) प्रतिशतसम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ । 

यो कर्जा प्रवाहको सुविधा अधिकतम ७ वर्षसम्मका लागि मासिक किस्ता तिर्ने आधारमा गर्ने भएको छ । यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रीवितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीतिनियमभित्र रही कर्जा प्रवाह हुने बताइएको छ । 

अब आइएमई मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले सनराइज बैंकको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्तगर्न सक्नेछन् । 

यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताए । कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबीच संयुक्त रुपमा ब्राण्ड अवेयरनेसका लागि विभिन्न कार्यक्रमहरुमा सहभागी भई अघि बढ्ने कुरामा पनि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

एलसीभी सेग्मेन्ट अन्तर्गत दोस्त मोडल(पिकअप, कन्टेनर, रेफ्रिजेरेसन भ्यान)का सवारी साधनहरू विभिन्न एप्लीकेसन जस्तै दूध, पानी, तरकारी, रेफ्रिजेरेसन, फोहर तथा मैला संकलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान साथै अन्य व्यवसायमा प्रयोग हुँदै आएको छ । 

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो  । रेमिटेन्स, बैंकिङ्गइन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचनाप्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।