काठमाण्डौ। आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफरअन्तर्गत असोज महिनाको विजेता सार्वजनिक गरेको छ।

सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय रेखा राई र गोकुल थापा मगर विजेता घोषित भएका छन्।
काठमाण्डौको पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा बिहीबार आयोजित फेसबुक लाइभमार्फत उक्त नजिता सार्वजनिक गरिएको थियो। चर्चित स्टोरी टेलर साइग्रेसले सिस्टममा आधारिक स्टार्ट बटम क्लिक गरी विजेता छनोट गरेका थिए। 

विजेताद्वयले अमेरिकास्थित रिया फाइनान्सियल सर्भिस र यूएईस्थित अल अन्सारी एक्सचेन्जमार्फत आइएमईबाट  अफर अवधिमा क्रमशः ३२ हजार ९८६ र ४१ हजार २२२ रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए। अफरअनुसार आइएमईले उनीहरु वा निजको सिफारिसमा उनीहरुका निकटका आफन्तलाई पठाएको रकमको चार गुणा बढी रकम उपहारस्वरूप प्रदान गर्नेछ। 

यसैगरी तेस्रो र चौथो हप्ताका विजेता पनि सार्वजनिक गरिएको छ। साप्ताहिक विजेताअन्तर्गत सुनिल मगर, छत्र बहादुर जिमी, विकाश खजुम र भानु आचार्य छनोट भएका छन्। उनीहरुाई पठाएको रकमको दोब्बर रकम उपहार स्वरूप प्रदान गरिनेछ। 

आइएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर यहीँ असोज १ गतेदेखि कात्तिक २६ गतेसम्म कुल ५७ दिनका लागि अहिले सञ्चालनमा रहिआएको छ। 

अफरअनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजारभन्दा बढी एजेन्ट वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुईजनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुईजना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एकजना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कारस्वरुप प्रदान गरिनेछ। यसका साथै आइएमई पेमा रकम प्राप्त गर्दा रु. २०० थप बोनसको व्यवस्था मिलाइएको छ। 

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र सर्तहरु निर्धारण गरेको छ। सेवा र सर्तअनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ। आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारी, आइएमईका व्यावसायिक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन्। सेवाग्राहीले आइएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल प्रति योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ। छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ। 

योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहीत हुनेछ। योजनाको अध्यावधिक जानकारी कम्पनीले सञ्चालन गरेको आधिकारिक वेब पेज, सामाजिक सञ्जाल पेज, आमसञ्चार माध्यम, सहकार्यमा रहेका व्यावसायिक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालयमार्फत सार्वजनिक गरिनेछ। 

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २१ औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ।