काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातै प्रदेशका विभिन्न स्थानमा शाखा प्रबन्धक, सेल्स एक्जिक्युटिभ, रिस्क डिपार्टमेन्टका लागि दरखास्त आह्वान गरेको छ। 

कम्पनीले प्रदेश १ का वसन्तपुर, राजगढ र तेह्रथुम शाखाका लागि प्रबन्धकमा आवेदन खुला गरेको छ। 

त्यसैले मधेश प्रदेशका निजगढ, चन्द्रपुर, जलेश्वर, गाईघाट, महेन्द्रनगर, राजविराज र फापरबारीका लाग पनि शाखा प्रबन्धकमा दरखास्त खुलाएको छ। 

कम्पनीले बागमती प्रदेशअन्तर्गत कीर्तिपुर, चौतारा, पनौती, फर्पिङ, पर्सा (चितवन), रसुवा, थली, सोलुखुम्बु र ओखलढुंगा, गण्डकी प्रदेशअन्तर्गत हेम्जा, गलकोट, बेनी, गोरखा, चामे, जोमसम, मुस्ताङ, भीमाद र तनहुँ, लम्बिनी प्रदेशअन्तर्गत गोरुसिंघे, भैरहवा र लमही, कर्णालीअन्तर्गत जाजरकोट, खजुरा, शमशेरगन्ज, कालिकोट, हुम्ला, डोल्पा र छिन्चु तथा सुदूरपश्चिम प्रदेशअन्तर्गत बैतडी, टीकापुर र डडेल्धुरामा पनि शाखा प्रबन्धकका लागि आवेदन खुला गरेको छ। 

शाखा प्रबन्धकका लागि कम्तीमा स्नातक तह उत्तीर्ण भएको हुनुपर्नेछ। बीमा र बैंकिङ क्षेत्रमा काम गरेकालाई विशेष प्रथमिकता दिइने कम्पनीले जनाएको छ। 

उमेर २३ वर्षदेखि ३५ वर्षसम्मको हुनुपर्नेछ। 

यसैगरी काँकडभिट्टा, गौरादह, गाईघाट, वीरगन्ज, हेटौँडा, जनकपुर र महेन्द्रनगरलगायतका स्थानमा सेल्स एक्जिक्युटिभका लागि दरखास्त खुलाइएको छ। यो पदका लागि कम्पनीमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। बीमा र बैंकिङ क्षेत्रमा काम गरेकालाई विशेष प्रथमिकता दिइने कम्पनीले जनाएको छ। उमेर २३ वर्षदेखि ३५ वर्षसम्मको हुनुपर्नेछ।

त्यस्तै रिस्क डिपार्टमेन्टमा केही कर्मचारीका लागि कम्पनीले दरखास्त खुलाएको छ। यो पदमा कम्तीमा २ वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव हुनुपर्नेछ। उमेर २३ वर्षदेखि ३५ वर्षको हुनुपर्नेछ। 

योग्य उम्मेदवारले आवश्यक कागजपत्रसहित कम्पनीको career@imelifeinsurance.com मा यही जनवरी १८ तारिखसम्म आवेदन दिन सक्नेछन्।