काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स(आइजीआई) लिमिटेड र स्टार हस्पिटल बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापा र स्टार हस्पिटलका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले हस्ताक्षर गरे ।

यस सम्झौतापछि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म स्टार हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । 

सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापाले स्टार हस्पिटलले कम्पनीसँगको सहकार्यमा कम्पनीका ग्राहक महानुभावहरुलाई बीमालेखमा तोकिएको सिमासम्म क्यासलेस हस्पिटलाइजेसन सुविधा प्रदान गर्ने इच्छा व्यक्त गरी सम्झौता गरेकोमा अस्पतालको संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद दिए ।