काठमाण्डौ । यातायात व्यवस्था कार्यालय ललितपुरले आइतबारदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण कार्य सुरु गर्ने भएको छ।

कार्यालयको सवारीचालक अनुमतिपत्र एकान्तकुनाले बिहीबार एक सूचना जारी गर्दै लाइसेन्स नवीकरण कार्य सुचारु हुने जानकारी गराएको हो। 

निषेधाज्ञाका कारण कार्यालयबाट तीन सातादेखि सवारीचालक अनुमतिपत्र नवीकरण कार्य स्थगित भएको थियो। आइतबारबाट लाइसेन्स नवीकरण कार्य सुरु हुने भए पनि अन्य सेवा भने अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको पनि सूचनामा उल्लेख छ। 

यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति कार्यालयले क्षमा मागेको छ।