काठमाण्डौ । आइसक्रिममा कोरोनाभाइरस भेटियो भन्दा सायद आश्चर्य लाग्न सक्छ । तर चीनमा हालै यस्तो तथ्य सार्वजनिक भएको छ। जसले अहिले स्थानीय प्रशासनमा होस उडेको छ।
यो घटना चीनको पूर्वोत्तर तियानजिन इलाकाको हो। त्यहाँको एउटा उद्योगले बनाएको आइसक्रिममा कोरोनाभाइरस फेला परेको हो। चिनियाँ स्वास्थ्य विभागका अधिकारीहरुका अनुसार अहिले त्यस्ता मानिसहरुको खोजी भइरहेको जसले कोरोनाभाइरस भेटिएको आइसक्रिय खाएका छन्।
चाइना डेलीमा प्रकाशित समाचारअनुसार तियानजिन डाकिवडाव फुड कम्पनीबाट उत्पादन गरी ४ हजार ८३६ बाकसमा राखिएका आइसक्रिममा कोरोनाभाइरस भेटिएको हो। यीमध्ये २ हजार ८९ वटा बाकस अहिले कम्पनीको स्टोरमै छन्। बाँकी १ हजार ८१२ बाकस भने कम्पनीले अन्य राज्यमा ९३५ बासक स्थानीय बजारमा पठाइसकेको अधिकारीहरुले बताएका छन्।
प्राप्त जानकारीअनुसार हालसम्म तीमध्ये ६५ आइसक्रिम भने उपभोक्ता खरिद गरिसकेका छन्।
कम्पनीबाट उत्पादित आइसक्रिममा कोरोनाभाइरस भेटिएपछि कम्पनीले १ हजार ६६२ कर्मचारीहरुलाई सेल्फ आइलोसेलनमा जान ओदश दिएको छ भने उनीहरुको स्वास्थ्य परीक्षण गर्ने तयारी पनि गरेको छ।
चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार अहिले जुन–जुन क्षेत्रमा उक्त आइसक्रिमका बाकस पठाइएका छन्, ती क्षेत्रका पसल अनि त्यहाँ आउने नियमित उपभोक्ताको तथ्यांक संकलन गर्ने काम भइरहेको छ। यसबाट कोरोना संक्रमण फैलिन नदिन मद्दत पुग्ने उनीहरुको विश्वास छ।
युनिभर्सिटी अफ लिड्सका बायरोलोजिस्ट डा स्टिफेन ग्रिफिनले आइसक्रिममा कोरोनाभाइरस संक्रमित मानिसबाटै फैलिएको हुन सक्ने बताएका छन्। ‘आइसक्रिम उत्पादन गर्ने कम्पनीको लापरबाहीले यस्तो भएको हुन सक्छ’, उनले भने।
ग्रिफिनले आइसक्रिम चिसो तापमानमा राख्नुपर्ने भएकोले पनि त्यस्ता आइसक्रिममा कोरोनाभाइरस जीवन रहने सम्भावना बढी हुन्छ। – एजेन्सी
47 minutes ago
54 minutes ago
2 hours ago
2 hours ago
2 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago