काठमाण्डौ । आइसीएफसी फाइनान्सको २ लाख बढी संस्थापक सेयरको कित्ताहरु सस्तोमै पाइने अवसर आजदेखि खुलेको छ । 

यो फाइनान्सको संस्थापक समूहको २ लाख ३ हजार ५८० कित्ता सेयर लिलाम बढाबढबाट बिक्री खुलेको हो । 

यो कम्पनीको संस्थापक सेयरका लागि प्रतिकित्ता न्यूनतम मूल्य रु. १८५ कायम गरिएको छ । यसको अर्थ प्रतिकित्ता रु. १८५ भन्दा बढी मूल्य राखेर लिलाम बढाबढमा सहभागी हुन पाइनेछ । हाल दोश्रो बजारमा आइसीएफसीको संस्थापक सेयरको मूल्य प्रतिकित्ता २८० रुपैयाँ रहेको छ । 

लिलाम बढाबढबाट खरीद गर्न चाहनेले शिलबन्दी बोलपत्र दिन सक्नेछन् । आजबाट खुलेको लिलामी प्रक्रिया फागुन १३ गतेसम्म कायम रहनेछ । 

यो प्रक्रियामा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमीटेडले गर्नेछ । यसको अर्थ इच्छुक लगानीकर्ताले शिलबन्दी बोलपत्र एनएमबी क्यापिटलको नागपोखरीस्थित मुख्य कार्यालयमा गएर बुझाउन सक्नेछन् ।