काठमाण्डौ । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्तापुँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँको कुल ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ७ प्रतिशतले हुन आउने ७ करोड ५७ हजार ५० हजार रुपैयाँ र ०.३७ प्रतिशतले हुन आउने ३९ लाख ८६ हजार ८४१.११ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृति भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।
11 minutes ago
27 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago