काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरणको प्रस्ताव गरेको छ । 

कम्पनीको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीद्वारा प्रस्तावित लाभांसमा चुक्तापूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको ७ प्रतिशतले हुन आउने ८ करोड १० लाख ३१ हजार ०२० रुपैयाँबराबरको बोनस सेयर र ०.३७ प्रतिशतले हुन आउने ४२ लाख ६४ हजार ७९०.५३ रुपैयाँबराबरको नगद लाभांश रहेका छन् । 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।