काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभा आज आयोजना गरिँदैछ। 

कम्पनी सञ्चालक समितिको गत जेठ ७ गते बसेको बैठकले वार्षिक साधारणसभा आज (जेठ ३१ गते) आयोजना गर्ने निर्णय गरेको थियो। सभा काठमाण्डौको लैनचौरस्थित कम्पनीको रजिस्टर्ड तथा कर्पोरेट कार्यालयमा बिहान १० बजेबाट भिडियो कन्फ्रेन्सिङ माध्यमबाट हुनेछ।

सभामा धितोपत्र दर्ता गरी सेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को विशेष प्रस्ताव अनुमोदन हुनेछ। 

सोही सभाले संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियार दिन स्वीकृत गर्नेछ। संस्थापक सेयरधनी एकश मनी ट्रान्सफर प्रालिका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक दिपक शर्मा पोखरेलेका स्थानमा बाँकी कार्यकालका लागि संस्थापक सेयरधनी आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त वादे श्रेष्ठलाई कम्पनीको सञ्चालक समितिमा नियुक्ति गरेकोमा सोलाई अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ। 

सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु अनुमोदन गर्नेछ।