काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक सेयरधनीहरुलाई सेयरबापतको थप १०० प्रतिशत रकम जम्मा गर्ने समयावधि बढाइएको छ।
कम्पनीले गत कात्तिक १ गते एक सूचना प्रकाशित गरी सेयरबापतको थप १०० प्रतिशत रकम जम्मा गर्न संस्थापक सेयरधनीहरुलाई आग्रह गरेको थियो। हिजो मंसिर ५ गतेसम्म रकम जम्मा गर्न कम्पनीले आग्रह गरेको थियो।
कम्पनी सञ्चालक समितिको बैठकले रकम जम्मा गर्ने समयावधि थप्ने निर्णय गरेको हो। जसअनुसार अब संस्थापक सेयरधनीहरुले यही मंसिर २० गतेसम्म रकम जम्मा गर्न सक्नेछन्।
कम्पनीको गत असोज २६ गते सम्पन्न पाँचौँ वार्षिक साधारणसभाको निर्णयबाट कम्पनीको चुक्तापुँजी १०० प्रतिशत वृद्धि गर्ने निर्णय भएको थियो। सोही सम्बन्धमा बीमा समितिबाट स्वीकृत प्राप्त भएको र असोज ३१ गते सञ्चालक समितिको बैठकले साविक सेयरधनीहरुबाट सेयरमा लगानी भएको रकमको थप १०० प्रतिशत पुँजी माग गर्ने निर्णय गरेको थियो।
सोही निर्णयबमोजिम सम्पूर्ण सेयरधनी तथा संस्थाहरुलाई कम्पनीको वेबसाइटमा उपलब्ध सेयर लगानी फाराम पूर्ण रुपमा भरी कम्पनीको सिद्धार्थ बैंक र नबिल बैंकमा रहेको खातामा रकम जम्मा गरी भौचर कम्पनीको काठमाण्डौको लैनचौरस्थित प्रधान कार्यालयमा बुझाउन आग्रह गरिएको छ।
काठमाण्डौको हात्तीसारस्थित सिद्धार्थ बैंकमा रहेको कम्पनीको बैंक खाता नं. ५५५००३५८८१४ र काठमाण्डौको तीनधारास्थित नबिल बैंकमा रहेको बैंक खाता नं. ००२०१०१७५०५३७८ मा रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ।
28 minutes ago
39 minutes ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
1 day ago