काठमाण्डौ । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड (आईजीआई) ले आइतबार सेयर मूल्यमा समायोजन गरेको छ । 
मूल्य समायोजनपछि कम्पनीको सेयर प्रतिकित्ता ३६२.८६ पैसा हुन आएको छ । बैंकले ५ प्रतिशत बोनस सेयर समायोजन गर्न ४२४.७६ पैसालाई आधारमूल्य तोकेको छ । 
कम्पनीले आर्थिक वर्ष २०७४/७५ का लागि गत जेठ १० गते ५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो ।