काठमाण्डौ । हालसम्मकै ठूलो आईपीओ निष्कासनको तयारीमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नाफा १२.४३ प्रतिशतले घटेको छ। 

बैंकको बिहीबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा १८ करोड १ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्ष यही अवधिमा २० करोड ५७ लाख रुपैयाँ रहेको थियो।

प्रथम त्रैमासमा बैंकले सञ्चालन मुनाफाबापत २५ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्ष २९ करोड ४९ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानीबापत २८ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा बैंकले ३१ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। 

बैंकले समीक्षा अवधिमा २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ करोड ८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा बैंकले २५ करोड रुपैयाँ नै निक्षेप संकलन गरी ८ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा अवधिमा बैंकको रिजर्भको आकार ८२.४४ प्रतिशतले बढेर १ अर्ब ८१ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म बैंकको रिजर्भको आकार ९९ करोड ४६ लाख रुपैयाँको थियो।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ६ रुपैयाँ रहेको छ।