काठमाण्डौ । आईपीओ निष्कासनको मुख्य अजेन्डासहित सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले आउँदो फागुन २ गते वार्षिक साधारणसभा डाकेको हो। सभा काठमाण्डौको नक्सास्थित आम्रपाली ब्यांक्वेटमा दिउँसो ३ बजेबाट सुरु हुनेछ।

सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावलाई अनुमोदन गर्नेछ। 

सोही सभाले कम्पनीको वार्षिक र आर्थिक प्रतिवेदनहरुका साथै अन्य महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ।