काठमाण्डौ। आईपीओ निष्कासनको तयारी गरिरहेको साहस ऊर्जा लिमिटेडले एकैपटक दुई वर्षको वार्षिक साधारणसभा डोकेको छ।

कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वार्षिक साधारणसभा डाकेको हो। सभा यही पुस २८ गते मंगलबार काठमाण्डौको बबरमहलस्थित कार्की ब्यांक्वेटमा हुनेछ। 

सभामा दुवै आर्थिक वर्षको सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरण अनुमोदन हुनेछ। 

यो कम्पनी गत मंसिर २४ गते नेपाल धितोपत्र आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिइसकेको छ। कम्पनीले रु. १०० अंकित दरका १ करोड ५ लाख कित्ता आईपीओ निष्कासनको अनुमति मागेको छ। 

रु. १ अर्ब ५ करोडबराबरको आईपीओमा धितोपत्र बिक्री प्रबन्धकका रुपमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।