काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफामा ४१.३३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । 

चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा १३ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाले अघिल्लो वर्षको तुलनामा खुद नाफामा ४ करोड ६ लाख रुपैयाँ बढी कमाउन सफल भएको हो । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ९ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी ३५ करोड ४६ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष २७ करोड २३ लाख रुपैयाँमा सीमित थियो । यसले संस्थाको व्यवसाय विस्तारले आक्रामक गति लिएको देखाउँछ । 

संस्थाको सञ्चालन मुनाफा १९ करोड ५९ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ११ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि २ करोड ७६ लाख रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष ४ करोड ३९ लाख रुपैयाँ थियो । 

यस अवधिमा संस्थाले १ अर्ब ४५ करोड रुपैयाँ सापटी लिई ८ अर्ब ७१ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा ६० करोड रुपैयाँ सापटी लिई ६ अर्ब ९८ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी ८८ करोड २१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी पनि ८८ करोड २१ लाख रुपैयाँ नै थियो । 

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा ६५.४२ प्रतिशतले घटाएको छ । अघिल्लो वर्ष २१ करोड २४ लाख रुपैयाँको रहेको संस्थाको जगेडा कोषको आकार समीक्षा अवधिमा बढेर ३५ करोड १४ लाख रुपैयाँ पुगेको छ । 

संस्थाको प्रतिसेयर आम्दानी १५.७६ रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात १०.६६ गुणा, प्रतिसेयर नेटवर्थ १३९.८४ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५८८.२६ रुपैयाँ रहेको छ ।