काठमाण्डौ । आई पे रेमिट प्रालिले हरितालिका तीजलाई लक्षित गरी घोषणा गरेको टिकटक च्यालेन्जको बम्पर विजेता घोषणा गरेको छ। 

फेसबुक लाइभमार्फत आई पे रेमिट प्रालिका ब्रान्ड एम्बेस्डर वर्षा शिवाकोटीले लक्की ड्रमार्फत विजेता घोषणा गरेकी थिइन्। 

हरेक दिन ५ जनालाई ५०० टपअप तथा सर्वाधिक लाइक र भ्युजका आधारमा १ जनाले रु.१० हजार र बम्पर १ जनाले गरी ६२ जनाले प्रत्यक्ष रुपमा पुरस्कार हात पार्न सफल भए। बम्पर विजेतामा रञ्जु देवकोटा र सार्वधिक लाइक तथा भ्युजका आधारमा अम्बिका भुसाल छनोट भएका छन्। 

सधैँ ग्राहकको हितमा कार्य गरी अगाडि बढिरहेको आई पे रेमिटले समयसापेक्ष यस्तै थुप्रै योजना सार्वजनिक गरिसकको छ। आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने आई पे रेमिटका बजार प्रमुख रुपनारायण श्रेष्ठले जानकारी गराए। यसका साथै आई पे रेमिटले छिटै दक्षिण कोरियाबाट पनि आफ्नो सेवा सुचारु रहने व्यहोरा पनि उनले बताए। 

आई पे रेमिटले विगत ९ वर्षदेखि मलेसिया, जापानलगायत विश्वका विभिन्न मुलुकबाट विप्रेषण भित्र्याइरहेको छ।