काठमाण्डौ । बजाज अटोले आफ्नो लोकप्रिय बाइक बजाज पल्सर २५० नयाँ र शानदार लुकमा सार्वजनिक गर्ने तयारी गरेको छ।

कम्पनीले आउँदो नोभेम्बरसम्म यो बाइकको नयाँ मोडल बजारमा ल्याउने तयारी गरेको हो। बजाज पल्सर एउटा ब्रान्डका रुपमा परिचित भएको २० वर्ष पनि पूरा हुँदैछ। 

कम्पनीका एमडी राजीव बजाजले २० वर्ष पूरा गरेकै अवसरमा बजाज पल्सरको नयाँ मोडल सार्वजनिक गरिने बताए। यो बाइक हालसम्म बजारमा आएका पल्सरभन्दा निकै शानदार र पावरफुल हुने बताइएको छ।

यो बाइक लुक शानदार हुनेछ। बायकमा बीएस सिक्स इन्जिनको प्रयोग गरिएको छ। यसका अलावा नयाँ पल्सरमा थुप्रै आधुनिक फिचरहरु समावेश गरिएका छन्।

नयाँ बजार पल्सरमा मस्क्युलर फ्युल ट्यांक जडान गरिएको छ। यसमा स्प्लिट सिट हुनेछ। यो बाइकमा डिजिटल इन्स्ट्रमेन्ट क्लस्टर र स्मार्टफोन कनेक्टिभिटी, फुल एईडी सेटअप र ब्ल्याक्ड आउट अलोय ह्विल्स हुनेछन्। 

नयाँ बजार पल्सरमा बीएस सिक्स कम्प्ल्यान्ट २५० सीसी, सिंगल सिलिन्डर इन्जिन दिइएको छ। जसले २४ एचपी पावर र २०एनएम टार्क जेनेरेट गर्छ ।  

यसैगरी लिक्विड कुल्ड मोटर २७एपपी पावर र २३.५एनएम टार्क जेनेरेट गर्छ । 

यो बाइक ६ स्पिड गियरबक्सका साथ आउनेछ। – एजेन्सी