काठमाण्डौ । टोयोटा इन्डियाले छिट्टै नयाँ पुस्ताको टोयोटा अभान्जा एमपीभी ल्याउने तयारी गरिरहेको छ। यो कार आकर्षक लुक र लेटेस्ट फिचरहरुले सुसज्जित हुनेछ।
टोयोटाले ११ वर्षअघि यो एमपीभी भारतीय बजारमा ल्याएको थियो। गत वर्ष इन्डोनेसियामा नयाँ पुस्ताको टोयोटा अभान्जा एमपीभीको झलक देखाइएको थियो।
भारतमा किफायती ७ सिटर कारको राम्रो मागका बीचमा कम्पनीले अभान्जालाई भारतमा प्रस्तुत गर्न सक्ने विश्वास गरिएको छ।
नयाँ टोयोटा अभान्जाको इन्जिन र पावरका बारेमा कुरा गर्दा यसमा १.० लिटर ३ सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिन हुनेछ। जसले ९८ पीएस पावर र १४० न्युटन टर्क जेनेरेट गर्न सक्नेछ। अभान्जा १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिनका साथ पनि पेस गर्न सकिने बताइएको छ।
नेक्स्ट–जेन टोयोटा अभान्जालाई एडभान्स ड्राइभर असिस्टेन्स सिस्टमसँग पेस हुन सक्छ। जसले अटोनोमस इमरजेन्सी ब्रेकिङ, क्रुज कन्ट्रोल र लेन असिस्टलगायतका थुप्रै विशेषता देख्न सकिन्छ।
अभान्जा एमपीभीको लुक र फिचरका बारेमा कुरा गर्दा पुरानो मोडलको तुलनामा एक्सटिरियर र इन्टिरियर भागमा धेरै कस्मेटिक परिवर्तन देख्न सकिन्छ। अभान्जाले राम्रो केबिन स्पेस, लामो ह्विलबेस, नयाँ फ्रन्ट लुक, स्लिम एलईडी हेडल्याम्पका साथै एन्ड्रोइड अटो र एप्पल कार प्ले सपोर्टको साथ ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एम्बियन्ट लाइटिङ, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, इन्जिनजस्ता एक्सटिरियर फिचर पाउँछ। स्टार्ट–स्टप बटन, यूएसबी चार्जिङ पोर्ट, रियर पार्किङ क्यामेरा, इलेक्ट्रोनिक पार्किङ ब्रेक र मल्टिपल एयरब्यागसहित थुप्रै स्ट्यान्डर्ड र सेफेटी फिचर पनि हुनेछन्। –एजेन्सी
20 minutes ago
30 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago