काठमाण्डौ । किआ मोटर्सले हालै भारतमा ‘किआ सोनेट’ कार लन्च गर्यो। भारतमा यो कारको कम्प्याक्ट एसयूभीका रुपमा लन्च गरिएको थियो। यो कार भारतमै निर्माण गरिन्छ।

किआको यो मेड इन इन्डिया कारको उत्पादक कम्पनीको अनन्तपुर प्लान्टमा गरिन्छ। अब यो कार अलि लामो भर्जनमा लन्च गर्ने तयारी भइरहेको छ। 

किओ मोटर्स मलेसियामा किआ सोनेटको जुन भर्जन लन्च गर्ने तयारी गरेको छ, सो कारको लम्बाइ भारतीय भर्जनको तुलनामा १२५ एमएम लामो हुनेछ। भारतमा बनेको यो कार कम्पनीले करिब ७० देशमा एक्सपोर्ट गर्नेछ। कम्पनीले यही नोभम्बर ११ नयाँ किआ सोनेट मलेसियामा लन्च गर्दैछ।

यो कारमा १०.२५ इन्च टचस्क्रिन इन्फोटेन्मेन्टका साथ पेस गरिनेछ। यसका अलावा यो कारमा ७ स्पिकर सिस्टम, इलेक्ट्रिक सनरुफ, फ्रन्ट भेन्टिलेटेड सिट्स दिइएका छन्। यो कनेक्टेड कारको स्मार्टवाचबाट पनि कनेक्ट गर्न सकिन्छ।

भारतमा किआले यो कार ३ थरिको इन्जि अप्सनमा पेस गरेको छ। यसका साथै यो कारका साथ ५ स्पिड म्यानुअल, सिक्स पिस्ड म्यानुअल, ८ स्पिड एटी र ६ स्पिड आईएमटीको अप्सनमा पाइन्छ। किआ सोनेट जीटी लाइनको १.९ लिटर पेट्रोल इन्जिन र १.५ लिटर टर्बो डिजल इन्जिन भेरियन्ट पाइनेछ। – एजेन्सी