काठमाण्डौ । महिन्द्रा एक्सयूभी ५०० को न्यु जेनेरेसन मोडल कम्पनीले आउँदो वर्ष लन्च गर्ने भएको छ। 

यो कारसँगै कम्पनीले आफ्नो पपुलर एसयूभी २०२१ महिन्द्रा स्कोरपियो पनि लन्च गर्नेछ। यी दुवै कार आउँदो वर्षका लागि कम्पनीको सबैभन्दा ठूलो लन्च हुन सक्छ।

नयाँ महिन्द्रा एक्सयूभी ५०० टेस्टिङका क्रममा सार्वजनिक भएको थियो। यस क्रममा यसपालि यो कारको फ्रन्ट निकै सफा देखिएको थियो। यसबाट यो कार पहिलेको तुलनामा निकै अग्रेसिभ फ्रन्ट लुकका साथ आउने पक्का भएको छ।

यो कारमा मर्सेडिज बेन्जको जस्तो इन्स्ट्रुमेन्ट प्यानल र टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ। यद्यपि यो फिचर केवल टप एन्ड भेरियन्टमा पाइने हो वा अन्य भेरियन्टमा पनि उपलब्ध हुनेछ भन्ने विषयमा स्पष्ट भइसकेको छैन। 

महिन्द्राको यो कारको नेक्स्ट जेनेरेसन मोडल पुरानो महिन्द्रा एक्सयूभी ५०० भन्दा ठूलो हुनेछ। यसमा ठूलो क्याबिन स्पेस हुनेछ। यो कार ६ सिटर र ७ सिटरको मोडलमा उपलब्ध हुनेछ। 

यसैगरी कम्पनीका तर्फबाट अफिसिल डेटको घोषणा अहिलेसम्म भएको छैन। तर जानकारहरुका अनुसार कम्पनीले आउँदो वर्ष जनवरीदेखि मार्चसम्म नयाँ महिन्द्रा एक्सयूभी ५०० र अप्रिलदेखि जुनसम्म नयाँ स्कोरपियो लन्च गर्न सक्छ।