काठमाण्डौ । टाटा मोटर्सले ६ सिटे टाटा ग्राभिटास लन्च गर्ने तयारी गरेको छ।

टाटा ह्यारियरको ६ सिटे भर्जनलाई कम्पनीले टाटा ग्राभिटासका नामबाट लन्च गर्ने तयारी गरेको हो। यो कम्पनीको फ्लेग्सिप एसयूभीका रुपमा लन्च हुनेछ।

कम्पनी टाटा ग्राभिटसलाई यही वर्षको अन्त्यसम्म लन्च गर्न चाहन्थ्यो। तर अब कम्पनीले यो कार आउँदो वर्षको सुरुआतमै लन्च गर्ने सम्भावना रहेको छ।

यो कारमा टाटा ह्यारियरजस्तै देखिनेछ। यो टाटा ह्यारियरकै ठूलो भर्जन हो। कारमा फ्रन्ट एन्ड स्टाइलिङ र मेकानिकल्स फिचरहरु ह्यारियरसँग मिल्दोजुल्दो हुनेछ। कारमा ह्यारियरकै जस्तै रियर प्यासेन्जर्सलाई धेरै हेडरुम पाएको छ। जसका लागि कम्पनीले यो कारमा धेरै टल रुफको प्रयोग गर्नेछ। 

टाटा ग्राभिटसको मूल्यका बारेमा अहिले नै अफिसियल जानकारी आएको छैन । तर यो कारको सुरुआती मूल्य भारु १५ लाखको आसपास हुने अनुमान गरिएको छ।

यो कारको टक्कर महिन्द्रा एक्सयूभी र एमजी हेक्टर प्लससँग हुने बताइएको छ। टाटा ग्राभिटसको लम्बाइ ६३ एमएम र उचाइ ८० एमएम छ। यो कारमा ८.८ इन्चको टचस्क्रिन इन्फोटेमेन्ट सिस्टम दिइएको छ। जसले एन्ड्रोइड अटो र एपल कारप्ले सपोर्ट गर्छ। यसका साथै कारमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, ड्राइभ मोड, क्रुज कन्ट्रोल, किलेन्स एन्ट्री र पुस बटन स्टार्टजस्ता फिचरहरु छन्। 

कम्पनीले कारमा सनरुफको सुविधा पनि दिएको छ। टाटाको यो नयाँ एसयूभीमा न्युट्रल, रिभर्स, म्यानुअल, ड्राइभ र पार्क नामबाट ५ ड्राइभिङ मोड पाइनेछ। – एजेन्सी