काठमाण्डौ । ह्युन्डाई क्रेटा सबैभन्दा लोकप्रिय मिड साइज एसयूभी हो। यदि तपाइँ ह्युन्डाई क्रेटा किन्ने सोचमा हुनुहुन्छ भने केही समय पर्खिनुहोस् । किनकि कम्पनीले भारतमा नयाँ क्रेटा लन्च गर्ने तयारी गरिरहेको छ। यो कारको मिड लाइफ अपडेट हुनेछ। 

नयाँ ह्युन्डाई क्रेटाको फेसलिफ्ट कोरियामा परीक्षणका क्रममा देखा परेको थियो। क्रेटाको क्यामोफ्लाग भर्जन सडकमा कुदिरहेको अवस्थामा देखिएको हो। त्यसपछि यो कारको लन्चका विषयमा चर्चा हुन सुरु भएको छ। 

भारतमा यो कार आफ्नो सेगेमेन्टमा बेस्ट सेलरका रुपमा रहेको छ। 

नयाँ ह्युन्डई क्रेटालाई गत फेब्रुअरीमा भएको अटो एक्सपोमा पहिलोपटक सार्वजनिक गरिएको थियो। यसको लुक निकै मस्क्युलर, बोल्ड र स्पोर्टी रहेको छ। एसयूभीको फ्रन्टमा थ्रीडी क्यास्केड ग्रिल, ठूलो एलईडी हेडल्याम्प, नयाँ स्प्लिट एलईडी डीआरएल (डेट टाइम रनिङ लाइट्स), बुलबार सेयर सिल्भर क्यालेडिङका साथ नयाँ बम्पर र नयाँ फग ल्याम्प हाउसिङ दिइएको छ। 

नयाँ क्रेटा फ्लोटिङ रुफ डिजाइन, १७ इन्च डाइमन्ड कट आयल ह्विल्ज र हेडल्याम्पको डिजाइनसँगै नयाँ एलईडी टेलल्याम्पका साथ आउनेछ। यो १० कलर अप्सनमा उपलब्ध हुने कम्पनीले जनाएको छ। – एजेन्सी