काठमाण्डौ । लक्ष्मी बैंक र सनराइज बैंकले आउँदो जेठभित्र एकीकृत कारोबार गर्ने लक्ष्यका साथ मर्जर प्रक्रिया तीव्रगतिमा अगाडि बढाएको छ।
नेपाल राष्ट्र बैंकले लक्ष्मी र सनराइज बैंकको मर्जरलाई दुई साताअघि सैद्धान्तिक सहमति प्रदान गरेको थियो। यो सहमतिसँगै राष्ट्र बैंकले मर्जर प्रक्रिया ३ महिनाभित्र मर्जर सम्पन्न गर्न समयसीमा तोकेको छ।
राष्ट्र बैंकले तोकेको समयसीमाअनुसार जेठभित्र एकीकृत कारोबार गर्ने लक्ष्य लिइएको सनराइज बैंकका एक सञ्चालकले जानकारी दिए। ‘जेठभित्र मर्जर प्रक्रिया नसकिए साउनमा मात्रै एकीकृत कारोबार सुरु हुन्छ’, ती सञ्चालकले भने।
मर्जरपश्चात लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ।
मर्जरपश्चात बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दुवै लक्ष्मी बैंकले पाउने मौखिक सहमति भएको ती सञ्चालकले बताए। ती सञ्चालकका अनुसार लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल मर्जरपश्चात बन्ने बैंकको अध्यक्ष बन्नेछन् भने सीईओ अजयबहादुर शाह हुनेछन्।
दुवै बैंकबीच गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो। लक्ष्मी र सनराइजको स्वाप रेसियो १ः१ अनुपातमा हुने प्रारम्भिक सहमति बनेको छ। ‘तर, दुवै बैंकको डीडीएस रिपोर्ट आएपछि सोहीअनुसार कायम हुनेछ’, ती सञ्चालकले भने।
4 minutes ago
15 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
13 hours ago
13 hours ago