काठमाण्डौ । आगामी साताको आइतबारदेखि धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट २ कार्यदिन (टीप्लस टु) हुने भएको छ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडको आज आइतबार अपराह्न बसेको सञ्चालक समितिको बैठकले राफसाफ चक्र ३ कार्यदिनलाई २ कार्यदिन बनाइने व्यवस्था लागू गर्न निर्णय भएको सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले जानकारी दिए।
गत शुक्रबार मुख्य सरोकारवाला स्टक ब्रोकरसँग पनि एक चरणको बैठक बसिसकेको सीडीएससीले आगामी माघ ११ गते (आउँदो साताको आइतबार) देखि राफसाफ चक्र ३ दिनबाट छोट्याई २ दिन बनाई अघि बढ्ने छलफल भएको प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यको भनाइ छ।
टी प्लस टु कायम गर्दा स्टक ब्रोकरहरुलाई थप जोखिम बढ्ने भए पनि व्यवस्थापन गरी अघि बढ्ने स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सन्तोष मैनाली बताउँछन्। तरलता सिर्जना गर्न मद्दत गरे पनि ब्रोकरहरुलाई वित्तीय जोखिम बढ्ने उनले दाबी गरे।
हाल धितोपत्र बजारमा धितोपत्र खरिदबिक्री भएपश्चात टी प्लस थ्री (३ कार्यदिन) मा राफसाफ (सेटलमेन्ट) हुने व्यवस्था छ भने अब धितोपत्र कारोबारको राफसाफ २ कार्यदिन हुने भएको हो। अर्थात् आज आइतबार सेयर खरिद गरेमा सो कारोबारको सेटलमेन्ट २ दिनपछि पर्सि मंगलबार हुनेछ र ब्रोकरले सोही दिन वा भोलिपल्ट खरिदकर्ताको डिम्याट खातामा उक्त खरिदबापतको सेयर पठाइदिन्छ।
यता धितोपत्र बिक्री गरेपछि भने लगानीकर्ताहरुले बिक्रीबापतको रकम पर्सि नै प्राप्त गर्नेछन् तर सेयर खरिद गरेमा भने खरिद गरेकै दिन वा भोलिपल्ट बेलुकीसम्म ब्रोकरलाई सेयर खरिदबापतको रकम अनिवार्य रुपमा विद्युतीय माध्यमद्वारा भुक्तानी गर्नुपर्ने हुन्छ।
13 minutes ago
26 minutes ago
38 minutes ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago