काठमाण्डौ । ग्रेट वाल मोटर (जीडब्ल्यूएच) गाडीको नेपालका लागि आधिकारीक बिक्रेता भीजी इम्पेक्स प्रालिले दसैँ, तिहार र छठको अवसर पारी जीडब्ल्यूएमका गाडीको खरिदमा आकर्षक छुटका साथ विभिन्न योजनाहरु उपलब्ध गराउने भएको छ।

यो योजना ग्रेट वाल मोटरका सबै प्रकारका गाडी–हाभल एच सिक्स, हाभल जोलायन, पावर र विंगल ५ मा उपलब्ध छ। कम्पनीको यो अभियान ‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’ ग्राहकहरुप्रति प्रतिबद्धताको निरन्तरताका साथ चाडपर्वलाई अझ हर्षोल्लास बनाउने विश्वास लिइएको छ। 

जीडब्ल्यूएचका कुनै पनि गाडी किन्दा तुरुन्तै आकर्षक नगद छुट पाउन सकिन्छ। यस योजनाअन्तर्गत एक वर्षको कम्प्रिहेन्सिभ बीमाका साथमा एक वर्षसम्म फ्री मेन्टिनेन्स प्याकेजमा एक वर्षको नियमित मर्मतसम्भार खर्च र उपभोग्य वस्तुहरु समावेश छन्। यसका साथै लोयल्टी बोनसका रुपमा ग्राहक स्वयं वा आफ्नो परिवारसँग कसैको पहिले नै जीडब्ल्यूएचका कुनै पनि गाडी भएमा अतिरिक्त छुट पाउनेछन्। 

ग्राहकले निःशुल्क एक्सेसोरिजसहित ५ वर्षको वारेन्टी सुविधा पाउनुका साथै स्पट भ्यालुएसन तथा एक्सचेन्जका अवसर पाउनेछन् भने प्याकेजमा ३ वर्षको निःशुल्क सर्भिस उपलब्ध हुनेछ।

यो योजनाअन्तर्गत ग्राहकले पाउन सक्नेछन्– 

  • आकर्षक नगद छुट
  • एक वर्षको कम्प्रिहेन्सिभ बीमा
  • एक वर्षसम्म फ्री मेन्टिनेन्स सुविधा
  • आव २०७८–७९ को रोड ट्याक्स फ्री
  • लोयल्टी बोनस
  • फ्री एसेसोरिज
  • ५ वर्ष वारेन्टी
  • ३ वर्ष फ्री सर्भिस
  • स्पट भ्यालुएसन एन्ड एक्सेन्ज तथा अन्य धेरै

यदि तपाइँ चाडपर्वका अवसरमा सवारीसाधन खरिद गर्न चाहनुहुन्छ भने जीडब्ल्यूएमका उत्पादन तपाइँको छनौटमा पर्न सक्नेछन्। 

जीडब्ल्यूएचका बारेमा

ग्रेट वाल मोटर नेपालले हाभल एच सिक्स, हाभल जोलायन, पावर र विंगल ५ जस्ता ग्लोबल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ। जीडब्ल्यूएम–नेपालले आफ्नो बजार विस्तार गर्न अत्याधुनिक मोडलहरु र प्रिमियम सुविधाहरु उपलब्ध गराउँदै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने वाचा गर्दछ। 

विश्वव्यापी बजारअनुसार ग्रेट वाल मोटर ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो। जसको विश्व बजारमा ८० सब्सिडायरी र अफिलिएटसहरु रहेका छन्। यसका साथै यस कम्पनीको कर्मचारी संख्या ७० हजारभन्दा धेरै रहेको छ। 

विगत ६ वर्षदेखि यस कम्पनीले हरेक साल १० लाखभन्दा धेरै गाडीहरु बिक्री गरिरहेको छ। चीनबाहेक जीडब्ल्यूएमले आफ्ना उत्कृष्ट गाडीहरु ६० भन्दा धेरै राष्ट्रहरुमा ७०० भन्दा धेरै केन्द्रबाट सफलतापूर्वक बिक्री गरिरहेको छ। 

भीजी इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो। वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्याधिक सफलताको आनन्द लिएपछि भीजी इम्पेक्स–ग्रेट वाल मोटर नेपालले यी लोकप्रिय गाडीहरु नेपाल ल्याउन सफल भएको छ। ग्रेटवाल मोटर नेपालले आफ्ना बिक्री र बिक्रीपछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा वृद्धि ल्याइरहेको छ। 

कम्पनीले उपभोक्तालाई नयाँ र बृहत् सेवाहरु प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ।