काठमाण्डौ। मध्य अमेरिकाको कोस्टा रिका देशमा बिहीबार आकस्मिक अवतरणका क्रममा एउटा विमान दुई टुक्रा भएको छ। 

कोस्टा रिकाको जुआन शान्टा मारिया अन्तर्राष्ट्रिय विमानस्थलमा यो घटना भएको हो। डीएचएलको कार्गो विमानमा उडान भर्ने क्रममा केही प्राविधिक समस्या आएको थियो। त्यसपछि जुआन शान्टा मारिया विमानस्थलमा आपतकालीन अवतरण गरिएको थियो। तर, अवतरणपछि उक्त विमान दुई टुक्रा भएको थियो। 

कार्गो विमानमा दुईजना चालक दलका सदस्य थिए। उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ। 

जर्मन कम्पनी डीएचएलको उक्त विमानबाट अवतरण गर्ने धुँवा निस्किरहेको थियो। रनवेबाट चिप्लिएर विमानको पछाडिको पांग्रा नजिकै दुई टुक्रा भएको बताइएको छ।

दुर्घटना बिहीबार बिहान १०ः३० बजे भएको थियो। 

बोइङ–७५७ विमान शान्टा मारिया विमानस्थलबाट उडेको थियो। तर, उडान भरेको २५ मिनेटपछि प्राविधिक समस्या देखिएपछि पुनः सोही विमानस्थलमा आकस्मिक अवतरण गरेको थियो। 

दुर्घटनापछि साँझ ६ बजेसम्म उक्त विमानस्थल बन्द गरिएको थियो। –एजेन्सी