काठमाण्डौ । सरकारले आगामी वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा बजेट प्रस्तुत गरेका हुन् । 

उनका अनुसार कुल बजेटमध्ये ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ चालु खर्च हुनेछ। ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ पुँजीगत खर्च हुनेछ। 

सरकारले ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ राजश्व संकलनबाट उठाउने लक्ष्य सार्वजनिक गरेको छ। 

बैदेशिक सहायताबाट ६० अर्ब ५२ करोड रुपैयाँ जुटाइने अर्थमन्त्रीले बताएका छन् । 

साथै बैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड तथा आन्तरिक ऋणको रुपमा २ खर्ब २५ अर्ब उठाइनेछ । 

आन्तरिक ऋणको पैसा भने विकास खर्चमा मात्र लगाइने अर्थमन्त्रीले घोषणा गरेका छन् ।