-धनकुमार राई
बजारमा दुईथरि लगानीकर्ताहरु मात्र हुन्छन् । एकथरि खरिदकर्ताहरु जो बिक्रीकर्ताहरुलाई कतिसम्मको मूल्यमा बिक्री गर्न लगाउने भनेर मोलमोलाई गर्दछन् र अर्कोथरि बिक्रीकर्ताहरु जान्न चाहान्छन कि कतिसम्ममा खरिदकर्ताहरुले किन्ने इच्छा राख्दछन् । यही मोलमोलाइले बजार चलिरहेको हुन्छ । बजारको मोलमोलाइमा बिक्रीकर्ताहरु डराएर कम मूल्यमा बेच्न बाध्य बन्दा बजार घटिइरहेको हुन्छ भने बजार मूल्यभन्दा महङ्गोमा किन्ने इच्छा राख्ने खरिदकर्ताहरुको इच्छाकै कारण बजार बढ्ने गर्दछ । 

यसरी दशैंअगाडि र दशैंपछिको बजारलाई हेर्दा पनि स्वभाविक मोलमोलाइ चलेको देखिन्छ । प्राविधिक गणितलाई अध्ययन गर्दा बजारमा प्राविधिक संकेतहरुको बलियो आधार प्राप्त हुँदा आउने दिन बजारमा गति प्राप्त हँुदै खरिदकर्ताहरुको प्रदर्शन नेतृत्वदायी नै हुने आशा गर्न सकिन्छ । दशैंअगाडि १३०० को अवरोधबाट उम्कन नसकी १२८८ को उच्चस्तरमै सीमित बजारले फेरि मोलमोलाई गर्दै १२१० भन्दा माथिबाट १२५० सम्मको यात्रा तय गरिसकेको देखिन्छ । जसले फेरि पनि १२५० को अवरोधबाट हेपिएर १२४१ मा रहे पनि पछिल्लो उच्चस्तर (१२८८ लाई जित्दै १३०० भेट्याउने प्रयास हुने नै छ । 

प्राविधिक Pivot र De-Marks को गणित अनुसार आउने साता बजारले धेरै तल आएमा १२३५ देखि कम्तीमा पनि १२५१ बिन्दुभित्र सक्रिय कारोबार रहने अनुमान गर्न सकिन्छ ।

दैनिक MACD अनुसार बजारमा बिक्री दवाब नरहने देखिएको र साप्ताहिकको असर अझै निरन्तर रहेकोले बजारको बढ्ने क्रम स्वभाविक उतारचढाव भन्दा माथि रहेर बढ्नैपर्ने देखिन्छ । बजारमा हाम्रो प्राविधिक सेटअप अनुसार पनि दैनिकMACD ले हामीले देखाएको नेगेटिभ क्रसओभरको दवाबबाट मुक्त बन्दै पोजिटिभ बनिसकेकोले प्राविधिक गणितको उपयोगले बजारमा रहेको बिक्री दवाव नरहने र बजारको आउने लक्ष्य माथितिर नै स्थायी हुने पक्का गर्ने प्राविधिक आधारहरुको संकेत  प्राप्त भइनै रहेका छन् ।

यसरी अझ पनि बजार १२५० बिन्दु भन्दा माथि दुरगामी लक्ष्य उन्मुख नै रहेको छ भने भने हामीले सम्झाइरहेको प्राविधिक Volome/Price Action को विश्वव्यापी प्रमाणित अभ्यासको म्याण्डेट अनुसार पनि बजार स्वभाविक उतार चढावभन्दा माथि उठेर बुलिस दिशा तय गर्दै प्राविधिक संकेतको म्यान्डेट प्राप्त गर्नेमा लगानीकर्ताहरु ढुक्क बने हुने देखिन्छ । 

(लेखक सेयर बजारका प्राविधिक विश्लेषक हुन्।)