-धनकुमार राई

स्टक कारोबारको क्रममा फन्डामेन्टल–मौलिक र प्राविधिक विश्लेषण विधिलाइ प्रयोग गरिएको देखिन्छ  । परम्परागत रुपले हेर्ने हो भने दिर्घकालिन लगानीकर्ताहरुले मौलिक विश्लेषण् विधि –फन्डामेन्टलको प्रयोगमा भरोसा गरेको पाइन्छ । जस्तो कि जुन कम्पनिको ब्यवस्थापनको स्थिति,प्रतिस्पर्धाको स्थिति, उद्योगको स्थिति, विकास दर, विकास क्षमता, आय तथा राजस्व जस्तो पक्षमा केन्द्रित रहेर कुनै पनि कम्पनिको लागि उपयुक्त मूल्य हो होइन भनि तय गर्ने गरिन्छ । यसैलाई आजभोलि earnings per share, price-to-earnings ratio, price-to-earnings growth, and dividend yield  जस्ता केहि मूख्य मूख्य तथ्यांकहरुलाई अन्य कम्पनि संग तुलना गर्न सजिलो होस भनेर विकसित गरिएको छ । 

संगसंगै विश्वबजारमा प्राविधिक विश्लेषणलाई कारोबारीहरुले धेरै प्रयोग गरेको पनि पाइन्छ । जहाF भविष्यको मूल्य निर्धारणको भविष्यवाणीको लागि  स्टक चार्ट र कारोबार रकमको स्थितिलाई आधार मान्ने गरेको पाइन्छ । प्राविधिक विश्लेषणले पहिलेको पैटर्न र कारोबारको अनुपात अनुसारनै भविष्यको कारोबार पनि दोहोरिन्छ भन्ने धारणामा आधारित हुन्छ । सार्वजनिक रुपमा प्राप्त सुचनाहरुलाई चार्टले पहिलेनै प्रतिविम्वित गदर्छ भन्ने मान्यता नै प्राविधिक विश्लेषकहरुले मान्ने गरेको पाइन्छ । यसको प्रत्यक्ष अर्थ सार्वजनिक रुपमा प्राप्त सुचनाले चार्टको गणितलाई प्राभावित गरिसक्ने सजिलै संग देखाइरहेको हुन्छ । जस्तै कुनै कम्पनि या संस्थाले सार्वजनिक रुपमा प्रस्तुत गरेको प्रदर्शन, कमाइ, लाभांस घोषणा आदि जस्ता कुराहरुको असर चार्टमा प्रतिविम्वित भइ चार्ट बनिनै सकेको हुन्छ । यसरी त्यहि चार्टको अध्ययनले छिटो छरितो रुपमा लगानीपूर्व सुनिश्चित हुन थप संकेत विकसित गरिरहेको पाइन्छ । जसले लगानीकर्ताहरुलाई उपयुक्त निर्णय गर्न सहयोग पुराइरहेको हुन्छ ।

यसरी छोटो समयका कारोबारीहरुले उच्च महत्वका साथ प्राविधिक विश्लेषणलाई प्रयोग गरिरहेको देखिएको छ भने, दिर्घकालिन लगानीकर्ताहरुले पनि फन्डामेन्टल गणित तथा मौलिक सुचनाहरुलाई ध्यान दिदै प्राविधिक संकेतबाट प्राप्त उचित मूल्यमा बजार प्रवेशको संकेत र नाफा बुक गर्ने संकेत लाई विश्वास गर्न सान्दर्भिक हुने देखिन्छ । यसरी अनिवार्य रुपले मौलिक र प्राविधिक विश्लेषण विधिलाई आत्मसात गर्दै दिर्घकालिन या छोटो समयको लगानीकर्ताहरुले सफलताको सम्भावनालाई बलियो बनाउन सकिने कुरालाई हेक्का राखौं ।

बजारको साप्ताहिक प्राविधिक विश्लेषण
बजार बिना ठूलो लक्ष्य चल्ने र बजारमा स्वभाविक मोलमोलाइभन्दा माथि उट्न नसकेको चालले आउने साता पनि कुनै प्राविधिक बलियो संकेत नदेखिएकोले बजारमा सामान्य कारोबारको दवावबाट मुक्त हुन १२५१ को लक्ष्यलाई जित्नै पर्ने देखिन्छ । प्राविधिक गणितलाई अध्ययन  गर्दा बजारमा प्राविधिक संकेतहरुको बलियो आधार प्राप्त नभए पनि आउने दिन बजारमा गति प्राप्त हुदै खरिदकर्ताहरुको प्रदर्शन नेतृत्वदायि नै हुने आशाभने जिवितै राख्न सकिन्छ । दशै अगाडिको १२५१ हुदै १२८८ बिन्दु सम्मको यात्रा नै आउने साताको अवरोध रहने पनि देखिन्छ । यसरी अझ पनि बजार १२५१ बिन्दु भेटाउदै दुरगामी लक्ष्यको लागि संघर्ष उन्मुख नै रहेकोछ भने भने हामीले सम्झाइरहेको प्राविधिक Volome/Price Action को विश्वव्यापी प्रमाणित अभ्यासको म्यान्डेट अनुसार पनि बजार स्वभाविक उतार चढावभन्दा माथि उठेर बुलिस दिशा तय गर्दै प्राविधिक संकेतको म्यान्डेट प्राप्त हुने देखिन्छ ।

फेरि दैनिक MACD अनुसार बजारमा विक्री दवाव रहने देखिएको र साप्ताहिक को असर अझै निरन्तर रहेकोले बजारको बढ्ने क्रम स्वभाविक उतार चढाव भन्दा माथि रहेर बढ्नै पर्ने देखिन्छ । बजारमा हाम्रो प्राविधिक सेटअप अनुसार पनि दैनिक MACD ले हामीले देखाएको नेगेटिभ क्रसओभरको दबाव बाट मुक्त बन्न नसकि फेरि नेगेटिभ क्रसओभर बनिसकेकोले प्राविधिक गणितको उपयोगले बजारमा रहेको विक्रि दवाव रहने नै देखाए पनि साप्ताहिकको पोजिटिभ असर यथावतै रहेको  ।