काठमाण्डौ । यो साता सेयर बजार केही शिथिल बन्यो । बजारमा जारी गिरावट(करेक्सन) कहिलेसम्म रहला ? र, अब आगामी दिनमा बजारको गति कस्तो रहला ? दुई प्राविधिक विज्ञहरुले यो विषयमा आफ्नो प्रक्षेपण बिजशालामार्फत सार्वजनिक गरेका छन् । 

चर्चित सेयर बजार प्राविधिक विश्लेषक बिष्णु बस्याल आगामी आइतबार नेप्सेले २०२० को विन्दूलाई होल्ड गर्न सफल भएमा बजार माथि जाने दाबी गर्छन् । नेप्से २०२० विन्दू टिक्न सकेन भने चाहिँ डाउनवार्ड सीधै १९०० विन्दूसम्म ओर्लिनसक्ने उनको प्रक्षेपण छ । 

यसपछि भने बजारले २२५० देखि २३०० विन्दूसम्मको यात्रा तय गर्ने उनको अनुमान छ । बजारले अहिले केही साइडवेजको रुप धारण गरेर अर्को र्याली तय गर्नुपर्छ । बस्याल भन्छन्, आइतबार बजार नथामिएमा अरु ५ ७ दिन बजार करेक्सनमा जान सक्छ । 

उनका अनुसार अब माइक्रोफाइनान्स समूहमा बुलिस ट्रेण्ड देखिनसक्छ भने त्यसको केही समयपछि हाइड्रो पनि चलायमान हुन सक्ने बस्यालको प्रक्षेपण छ । 

अर्का प्राविधिक जानकार सूकराम पाण्डेको पनि आगामी साताभरि नै बजार साइडवेजमा जाने प्रक्षेपण छ । डिसेम्बर २४ पछि मात्र नेप्सेले गति निर्धारण गर्दै बजार माथि जाने उनको तर्क छ । अहिले बजारले बाई जोन (खरिद समय) सिर्जना गरेको जिकिर गर्र्दै पाण्डे यो बेला अलिक सचेत भई लगानी गर्न सुझाउँछन् ।