काठमाण्डौ । नेपाल राष्ट्र बैंकले साविककै आकार तथा रङमा रु. १० को नयाँ नोट आज बुधबारबाट चलनचल्तीमा ल्याएको छ।
केन्द्रीय बैंकले ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० रुपैयाँ दस तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहितको नयाँ नोट चलनचल्तीमा ल्याएको हो। नयाँ नोट संकेत नं. ढ/८२ ०००००१ देखि द/४५ ९९९९९९ सम्म उपलब्ध हुनेछन्।
रु. १० को नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र रहेको भने दायाँतर्फ लालीगुराँसको छाप रहेको छ। गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा वि.सं. २०७६ लेखिएको छ।
नोटको पृष्ठ भागमा मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ। नोटको मध्यभागमा कृष्णसारको चित्र रहेको छ भने तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपिज् टेन लेखिएको छ। नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा २०२० ए.डी. लेखिएको छ।
10 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago