काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज पुस ३० गतेबाट रु. २ को नयाँ सिक्का प्रचलनमा ल्याएको छ। 

राष्ट्र बैंकले साविककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको साल २०७७ लेखिएको रु. २ को नयाँ सिक्का प्रचलनमा ल्याएको हो। 

यस्ता छन् रु. २ को नयाँ विशेषताहरु–

सिक्काको अग्र भागमा

  • सिक्को वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु रहेको।
  • सिक्काको माथिल्लो भागमा अंग्रेजीमा च्क। Rs. Two र तल्लो भागमा देवनागरी लिपिमा २ रुपैयाँ लेखिएको छ।
  • सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको।
  • नेपालको नक्साको ठिक माथिपट्टि दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)हरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुई वटा थोप्ला रहेको।

सिक्काको पृष्ठ भागमा

  • सिक्काको वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला रहेको।
  • आठ थोप्लासहितको वृत्ताकार चित्र रही सोभित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शंख, पद्म, गदाको आकृति रहेको।
  • सिक्काको बीच भागमा जानकी मन्दिरको आकृति रहेको र सो आकृतिको मुनि दवनागरी लिपिमा जानकी मन्दिर लेखिएको।
  • सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको।