काठमाण्डौ । दसैँपछि कारोबार खुलेको सुनको भाउ आज बिहीबार ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार २०० रुपैयाँ कायम भएको छ।
गत कात्तिक ६ गते प्रतितोला फाइन गोल्ड ९५ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले घटेको छ। यो गिरावटसँगै आज प्रतितोला चाँदी १ हजार १८० रुपैयाँ कायम भएको छ।
गत कात्तिक ६ गते तोलामा १० रुपैयाँले घट्दै चाँदी १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो।
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago