काठमाण्डौ । टेक कम्पनी एप्पलको वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स (डब्ल्यूडब्ल्यूडीसी–२३) आज जुन ५ बाट सुरु हुँदैछ।
जुन ९ सम्म चल्ने यो इभेन्टमा एप्पलको लोयल कस्टमरका लागि विशेष हुनेछ। किनकि यो इभेन्टमा नयाँ हार्डवेयरको प्रदर्शनमात्रै होइन सफ्टवेयर पनि लन्च गरिनेछ। कम्पनीले आईओएस १७, वाचओएस १० र म्याकओएस १४का फिचरहरु विश्वसामु प्रदर्शन गर्नेछ।
चारदिने यो कन्फ्रेन्समा कम्पनीले एप्पल मिक्स्ड रियलिटी हेडसेट, १५ इन्चको म्याकबुक लन्च गर्न सक्छ।
यो कन्फ्रेन्सअघि एप्पलका सीईओ टिम कुकले विश्वभरका विद्यार्थीसँग भेटघाट गरेका थिए। –एजेन्सी
9 hours ago
20 hours ago
20 hours ago
22 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago