काठमाण्डौ । आज माघ १ गतेदेखि एउटा बैंकको कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ।

नेपाल राष्ट्र बैंकले गत पुस २३ गते नै भुक्तानीसम्बन्धी निर्देशिक जारी गर्दै अन्तरबैंक एटीएम कारोबारमा शुल्न लिन पाउने व्यवस्था गरेको हो। यो व्यवस्था माघ १ गतेबाट लागू हुने केन्द्रीय बैंकले जनाएको थियो।

यो व्यवस्थाअनुसार अब महिनामा दुईपटक मात्र प्रयोग गर्दा भने अन्तरबैंक एटीएम प्रयोगमा शुल्क छैन। तर सोभन्दा बढी प्रयोग भएमा प्रतिकारोबार २० रुपैयाँभन्दा बढी शुल्क नलिन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ। 

कोरोना महामारीबीच गत चैतबाट राष्ट्र बैंकले अन्तरबैंक एटीएम प्रयोग निःशुल्क गरेको थियो।