काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले आज (साउन १ गते) बाट सञ्चालनमा आउने मोबाइलको आईएमईआई दर्ता अनिवार्य गरेको छ। 

राजस्व छली रोक्न र आपराधिक गतिविधि रोक्नका लागि आजबाट यो नियम लागू गरिएको हो। यो नियम कडाइका साथ लागू गरिने प्राधिकरणले जनाएको छ। 

अब विदेशबाट सीधै खरिद गरेर ल्याइएका मोबाइललाई प्राधिकरणको अनलाइनमा दर्ता गरेपछि मात्रै सञ्चालनमा आउनेछ। हाल चलिरहेका मोबाइललाई यो नियम लागू हुने छैन। 

नेपालमा खरिद गरिएका मोबाइल नेपाल भित्र्याउने कम्पनीले दर्ता गर्ने हुँदा त्यसको सबै जानकारी प्राधिकरणसँग हुने र बाहिरबाट ल्याइएका मोबाइलको कुनै जानकारी नहुँदा त्यस्ता मोबाइलबाट आपराधिक क्रियाकलापसमेत हुने गरेको र त्यसको नियन्त्रण गर्न मोबाइल दर्ता अनिवार्य गरेको प्राधिकरणले जनाएको छ।