काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको नेतृत्व आज शुक्रबारबाट सुदेश खालिङ गर्ने भएका छन्।
बैंक सञ्चालक समितिले खालिङलाई ६ महिनाअघि नै प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको थियो। तर कुलिङ पिरियडको व्यवस्थाका कारण रोकिएको थियो।
एभरेष्ट बैंकमा आउनुअघि खालिङ सिटिजन्स बैंकको सञ्चालक समिति सदस्य थिए। सोही कारण उनलाई ६ महिनाको कुलिङ लागेको हो।
खालिङसँगै ३ दशक बढीको बैंकिङ अनुभव रहेको छ। उनी सिटिजन्सको सञ्चालक हुनुअघि लक्ष्मी बैंक लिमिटेडका सीईओ थिए।
त्यसो त एभरेष्ट बैंकमा सीइओ बन्ने खालिङ पहिलो नेपाली हुन्। यसअघि एभरेष्ट बैंकमा भारतीय नागरिकलाई सीईओ बनाउने गरिएको थियो।
एभरेष्ट बैंकले आफ्नो संयुक्त लगानी भएको भारतीय पञ्जाब नेसनल बैंकबाट प्रमुख कार्यकारी अधिकृत ल्याउने गरेको थियो। तर यसअघिका सीईओ रहेका भारतीय नागरिकलाई १७ महिनामै काम गर्न नसकेको भन्दै सञ्चालक समितिले फिर्ता पठाएको थियो।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago