काठमाण्डौ । ग्रेट वाल मोटर्स (जीडब्ल्यूएम) गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता भीजी इम्क्पेक्स प्रालिले आफ्नो दुई एसयूभीहरु– थर्ड जेन हवाल एच सिक्स र हवाल जोलायनका साथै पिक–अप पावरको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सुरु गरेको छ।
यो क्याम्प मंसिर १४ गते सकिनेछ। यस क्याम्पमा इच्छुक जोसुकै पनि सहभागी हुन सक्नेछन्।
सहभागी हुनका लागि काठमाण्डौको थापाथलीस्थित ग्रेट वाल मोटर्सको शाोरुममा गएर बिहान १० बजेदेखि बेलुका ५ बजेभित्र निःशुल्क टेस्ट ड्राइभ तथा एक्सचेन्जको फाइदा लिन सक्नेछन्। इच्छुक सहभागीले जीडब्ल्यूएमको फेसबुक पेज जततउकस्ररधधध।ाबअभदययप।अयmरन्ध्ः।ल्ए मार्फत बुकिङ गर्न सक्नेछन्।
टेस्ट ड्राइभका लागि आउने प्रत्येक ग्राहकले आकर्षक उपहार पाउनुका साथै ४३ इन्चको एमआई स्मार्ट टीभी जित्ने मौका पाउनेछन्। यस क्याम्पअन्तर्गत ग्राहकले गाडी एक्सचेन्ज गरी बुकिङ गर्न सकिनेछ र आकर्षक बोनस, नगद छुट, निःशुल्क एसेसोरिज र सहज फाइनान्सिङको सुविधा पनि उपलब्ध हुनेछ।
सबै ग्राहकलाई गाडीहरुको विशेषता र फाइनान्सिङका बारेमा जानकारी गराउन अनुभवी विज्ञहरु उपस्थित रहनेछन्।
जीडब्ल्यूएमले अक्टोबर २०२१ मा जम्मा १ लाख १२ हजार ६९ गाडी बिक्री गरेको छ। जसमा अन्तर्राष्ट्रिय बजारमा मात्र १४ हजार ४७ वटा गाडी बिक्री गरेको थियो। २०२१ को जनवरीदेखि अक्टोबरसम्म अन्तर्राष्ट्रिय बजारमा बिक्री भएको १ लाख १२ हजार २० सहित ९ लाख ९६ हजार ११४ गाडी बिक्री भएको छ। जुन ३०.३% को वृद्धि हो।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
14 hours ago
15 hours ago