काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ का लागि ल्याइएको मौद्रिक नीतिको त्रैमासिक समीक्षा आज बिहीबार साँझ ६ बजे सार्वजनिक गरिने भएको छ।
नेपाल राष्ट्र बैंकले भर्चुअल माध्यमबाट मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गर्न लागेको हो। मौद्रिक नीति समीक्षा कार्यक्रमलाई राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सम्बोधन गर्ने कायम रहेको छ।
मौद्रिक नीतिको समीक्षाका विषयमा विभिन्न कमिटीमा छलफल पूरा गरी राष्ट्र बैंकले आजै सार्वजनिक गर्न लागेको हो। राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले मौद्रिक नीतिको त्रैमासिक समीक्षाको तयारी लगभग पूरा भएको जानकारी दिए।
स्रोतका अनुसार मौद्रिक नीतिको त्रैमासिक समीक्षामा खासै नीतिगत परिवर्तन गरिएको छैन।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago