काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिडेटले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज मंगलबार (फागुन ४) अन्तिम दिन रहेको छ। 

संस्थाले आफ्नो आठौँ वार्षिक साधारणसभा यही फागुन २१ गते डोकेको छ। सभा र लाभांश प्रयोजनका लागि संस्थाले भोलि फागुन ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज फागुन ४ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

सभाले गत आर्थिक वर्षका लागि संस्थाले प्रस्ताव गरेको कुल ३१.५८ प्रतिशतले लाभांश अनुमोदन गर्नेछ। जसमा २५ प्रतिशत बोनस र ६.५८ प्रतिशत नगद लाभांश रहेका छन्।