काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि सिभिल लघुवित्तले भोलि फागुन २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज फागुन १९ गतेसम्म कायम सेयरधनीहरुमात्र यो संस्था प्रस्ताव गरेको लाभांश पाउने र सभामा भाग लिन योग्य हुनेछन्। 

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट कुल ३.६४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ३.५ प्रतिशत बोनस र बाँकी ०.१८४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। 

प्रस्तावित लाभांश संस्थाले आउँदो चैत ५ गते डाकेको नवौँ वार्षिक साधारणसभाबाट अनुमोदन भई कार्यान्वयनमा आउनेछ।